राजनीति

संसदीय समितिमा ६ प्रस्तावित राजदूतको सुनुवाई

म्यानपावर व्यवसायीसमेत रहेकी शर्मिला पराजुली राजदूतको संसदीय सुनुवाई सामना गर्दै। तस्विरः दिशेप श्रेष्ठ

काठमाडौं—व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये आज छ जनाको संसदीय सुनुवाइ गरेको छ।

समितिले शर्मिला पराजुली (ओमन), निरञ्जनकुमार थापा (इजरायल), रमेशप्रसाद कोइराला (कतार), अर्जुनजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान) र युवनाथ लम्साल (डेनमार्क)को आज सुनुवाइ गरेको हो।

सरकारले केही समयअघि १२ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

प्रस्तावित राजदूतले समितिसमक्ष आफ्नो योग्यता, अभिरुचि, अवधारणा, कार्यायोजना र सोच प्रस्तुत गरेका छन्। उनीहरुले आफ्नो नाम अनुमोदन भएमा नेपालको संविधानमा रहेका विशेषताको प्रचारप्रसार गर्ने, देशको शिर उठाउने तथा नेपाली जनताले गर्व गर्नलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ८ चैत्र २०७३ १४:१४ मंगलबार

संसदीय समितिमा प्रस्तावित राजदूतको सुनुवाई