राजनीति

कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन।

नेपालको सिमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता थियो।शनिबार सांसदहरुले सोधेका स्पष्टिकरणबारे जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे। 

उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए। प्रधानमन्त्री दाहालले भने, ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ। यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ। यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन।

 पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ। र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ।’प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन पनि दिए।

प्रकाशित: १३ जेष्ठ २०८० १५:१५ शनिबार

कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री दाहाल