राजनीति

चार बजे तोकिएको संसद बैठक अझै बस्न सकेन

फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ। शनिबार दिउँसो ४ बजे बोलाइएको बैठक अझै हुन नसकेको हो।

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणले शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नै गरी स्थगित भएको थियो।

नीति तथा कार्यक्रम पारित गर्ने तयारीका साथ बोलाइएको शुक्रबारको बैठक एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै शनिबारका लागि स्थगित भएको थियो।

आज बिहान तीन दलका शीर्ष नेताहरूको बैठकमा उक्त विषयमा सहमति जुटेको बताइएको थियो। त्यसपछि संसद् बैठक नियमित सञ्चालन गर्ने निर्णय गरिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०८० ११:३० शनिबार

प्रतिनिधिसभा बैठक