राजनीति

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन।जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेको सो पार्टीले जनाएको छ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए।उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ। 

प्रकाशित: १२ जेष्ठ २०८० १३:५७ शुक्रबार

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त