राजनीति

‘मोर्चासँग कुरा नमिलेपनि चुनाब रोकिँदैन ’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले मधेसी मोर्चासँग कुरा नमिले पनि चुनाब नरोकिने बताएका छन् । 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले सरकार गठन भएसँगै निरन्तर मधेशी, जनजाति, थारुहरू लगायतका माग पूरा गराउन छलफल तथा वार्तामा बसिरहेकोले अब चुनाव नरोकिने स्पष्ट पारे। उनले भने,‘चुनाव एक महिना रोकेर वार्ता गरौंला रे, तर सहमति भएन भने के हुन्छ? त्यसैले चुनाव रोकिँदैन्, तर वार्ता जारी रहन्छ।’ 
त्यसैगरी कार्यक्रममा बोल्दै मधेशी मोर्चाका शीर्ष नेता लक्ष्मणलाल कर्णले संघीयता विरोधी पार्टीलाई नै संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिएर सरकारले गल्ती गरेको आरोप लगाए। उनले भने,‘राप्रपाले संघीयता मानेको छैन, तर संघीयता नमान्नेलाई नै संघीय मन्त्रालयको जिम्मेवारी दिईएको छ, यो विडम्बना हो।’
उनले भने,‘सरकारले संघीयता विरोधी कमल थापालाई नै संघीय मामिला मन्त्री बनाएर के गर्न खोेजेको हो ? यो विडम्बना हो, धरातल के हो ?’ कर्णले अहिले संविधान संशोधन पहिले कि चुनाव भन्ने विषयमा विवाद भैरहेको बताए। 

प्रकाशित: ४ चैत्र २०७३ १०:०९ शुक्रबार

मोर्चासँग कुरा नमिलेपनि चुनाब रोकिँदैन