राजनीति

संसदको संयुक्त बैठक बस्दै

आज संघीय संसद अन्तर्गत संयुक्त सदनको बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजे बस्नेछ। आजको बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गरिने बताइएको छ।

त्यसअघि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट शुरु हुनेछ। आजको बैठकमा सरकारले जेठ ५ गते प्रश्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल हुनेछ। सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले छलफल गर्ने क्रम जारी रहेको छ। छलफल जेठ ७ गतेबाट शुरु भएको थियो। राष्ट्रिय सभाले भने छलफल सकेर बहुमतले पारित गरिसकेको छ।

प्रकाशित: १० जेष्ठ २०८० ०३:४४ बुधबार

संसदको संयुक्त बैठक बस्दै