राजनीति

मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, असहयोग आन्दोलन गर्ने

काठमाडौं-  मधेसी मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पुरा गर्दै सरकारकाविरुद्ध असहयोग र अवज्ञा आन्दोलन गर्ने भएको छ।

वुधबार बसेको मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया सुरु गर्ने जनाएको छ।

मोर्चाले निर्वाचन सम्वन्धि कार्यक्रममा पनि असहयोग गर्ने जनाएको छ। मोर्चाले स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा पनि असहयोग गर्ने निर्णय गरेको छ।

मोर्चाले चैत्र १५ गते जिल्ला स्थित निर्वाचन कार्यालय घेराउ गर्ने भएको छ। आज बिहान प्रधानमन्त्री पुष्पकमल दहालले मोर्चाका नेताहरुलाई केन्द्र र प्रदेश निर्वाचन अघि सिमाङकन टुंगो लगाउने गरी सहमतिमा आउन आग्रह गरेका थिए। मोर्चाले बैठक बसेर यसको जवाफ दिने बताएको थियो।

यस अघि आजै संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थ औपचारिकरुपमा फिर्ता लिएको थियो।

प्रकाशित: २ चैत्र २०७३ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App