राजनीति

मन्त्रिपरिषद् विस्तार, जसपाबाट दुई मन्त्री थपिए

सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। सरकारमा जनता समाजवादी पार्टीलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।  

सरकारले वन तथा वाताबरण मन्त्रालयको जिम्मेवारी जसपाका वीरेन्द्रप्रसाद महतोलाइ दिएको छ।  त्यस्तै  राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाइ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेको छ।  

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा उनीहरूलाई मन्त्रीमा नियुक्त गरेको जानकारी दिएको हो। 

प्रकाशित: ९ जेष्ठ २०८० ०८:१२ मंगलबार

मन्त्रिपरिषद् विस्तार जसपाबाट दुई मन्त्री थपिए