राजनीति

'शुन्य समय'लाई मन्त्रीले 'सुन्ने समय' नाम राखियोस्ः रामहरि खतिवडा

प्रतिनिधि सभाको सांसद्ले संसद्को 'शुन्य समय'को नाम परिवर्तन गर्न माग गरेका छन्।  

मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद् रामहरि खतिवडाले 'शुन्य समय'को नाम परिवर्तन गर्न माग गरे।  

'शुन्य समयलाई जिरो समयको रुपमा होइन। यसको नामाकरण गरियोस्। यसलाई मन्त्रीले सुन्ने समय राखियोस्। नभए यो जिरो नै हुने भयो। यसमा सबैको ध्यान जाओस्।' खतिवडाले भने।  

उनले संसदीय सुनुवाइ समिति नहुँदा १ लाख ६८ बढी मुद्दाकाे सुनुवाइ थाती रहेकाे भन्दै छिटाे भन्दा छिटाे प्रधानन्यायाधीश नियुक्तिकाे व्यवस्था मिलाउन पनि उनले माग गरे।

प्रकाशित: ९ जेष्ठ २०८० ०६:१० मंगलबार

शुन्य समयलाई मन्त्रीले सुन्ने समय नाम राखियोस्ः रामहरि खतिवडा