राजनीति

सांसद सुवालको प्रश्नः शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाई अनुसन्धान पूर्ण बनाउन जरुरी छैन र?

फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाइएको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर किन अनुसन्धान नगर्ने भन्दै प्रश्न गरेका छन्।  

उनले सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भने, ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्री र उपप्रधानमन्त्रीहरुले गरेको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। अहिले नेपालीलाई भुटानी शरणार्थी बनाएको आरोपमा दुई जना पूर्व उपप्रधानमन्त्री अनुसन्धानमा छन। त्यसैले पूर्व प्रधानमन्त्रीलाई बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउन जरुरी छैन र?’

सुवालले थपे, ‘एक पूर्व प्रधानमन्त्री जीले ४ सय नेपालीलाई १० बर्ष अघिनै भुटानी शरणार्थी बनाएर अमेरिकी छिराएको प्रमाण आफुसँग भएको सार्वजनिक रुपमै बताउनु भएको के सरकारलाई थाहा छैन र?’

उनले जापानमा राजवंशी कोटा खुल्यो भनेर नेपालीहरुसँग ३ करोड उठाएको सरकारलाई थाहा भएको नभएकोबारे पनि प्रश्न राखेका थिए। ‘के यसमा पनि मन्त्रीहरुको संलग्नता छैन र?’, सुवालले प्रश्न गरे।

प्रकाशित: ८ जेष्ठ २०८० ०६:११ सोमबार

शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई बयानमा बोलाई अनुसन्धान पूर्ण बनाउन जरुरी छैन र?