राजनीति

सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको छ : केपी शर्मा ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दावी गरेका छन ।  

आज सरकारले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो दावी गरेका । मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधिहरु बढदा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकीर समेत अध्यक्ष ओलीले गरे । 

उनले सरकार तलव, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहो¥याए । 

प्रकाशित: ७ जेष्ठ २०८० ०६:४० आइतबार

सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको छ : केपी शर्मा ओली