राजनीति

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ: उपसभामुख

उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिएकी छिन्।

विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम् अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संसदीय कार्यशालाको अनुभाव सुनाउँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको उपस्थिति प्रभावकारीरुपमा बढाउन सरकारलाई गहन गृहकार्यका लागि सल्लाह दिइन्।

उपसभामुख रानाले त्यसका लागि तत्तत् देश र क्षेत्र हेर्ने वाणिज्यदूत र राजदूतलाई पहलका लागि अधिकतम प्रयोग गर्न सुझाव पनि दिइन्। 

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँगको भेटमा उनले जलवायु परिवर्तनबाट नेपालका हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जन लगायतका विषयवस्तु उठाएको जानकारी दिएकी हुन्।

प्रकाशित: ६ जेष्ठ २०८० १०:२७ शनिबार

उपसभामुख इन्दिरा राना