राजनीति

राष्ट्रपति पौडेल तामझाम बिनै संसद भवन जाने

राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तामझाम बिनै संसद् भवन जाँदै छन्।

संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न पौडेल बिना तामझाम संघीय संसद भवन बानेश्वर जाने भएका हुन्।

यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो। नागरिकले दुख पाउने गरेका थिए।

पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शितल निवासबाट बाहिर निस्किँदा सडक जाम हुने समस्या जनताले व्यहोर्न नपर्ने बताएका थिए। सोही अनुसार पौडेलले आफ्नो सवारी हुँदा सडकमा सवारी साधन नरोक्न निर्देशन दिने गरेका छन्।

आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा आज ४ बजे प्रस्तुत गरिने कार्यक्रम छ ।

प्रकाशित: ५ जेष्ठ २०८० ०८:४९ शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल