राजनीति

पोलियो अवरोध गर्ने स्वास्थ्यकर्मी पक्राउ गर्न गृहको सर्कुलर

काठमाडौं—पोलियो थोपा खुवाउन अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गरी प्रचलित कानून बोजिम कारवाही गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

अाइतबार ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै  गृहले भनेको छ, ‘तालाबन्दी गर्ने, अवरोध खडा गरी अत्यावश्यक सेवा सञ्चालनमा बाधा व्यवधान गर्ने कार्यमा संलग्न जुनसुकै व्यक्ति, कर्मचारी भए पनि पक्राउ गरी प्रचलित कानुन बमोजिम कारवाही दायरामा ल्याउने व्यवस्था गराउन आदेशअनुसार अनुरोध छ।’

‘तालाबन्दी गर्ने, अवरोध खडा गरी अत्यावश्यक सेवा सञ्चालनमा बाधा व्यवधान गर्ने कार्यमा संलग्न जुनसुकै व्यक्ति, कर्मचारी भए पनि पक्राउ गरी प्रचलित कानुन बमोजिम कारवाही दायरामा ल्याउने व्यवस्था गराउन आदेशअनुसार अनुरोध छ।’

पोलियो थोपा खुवाने कार्यलाई सहजीकरण गर्न तथा विभिन्न बहानामा स्वास्थ्य संस्थाहरुमा तालाबन्दी भएकामा तत्काल ताला खोली स्वास्थ्य सेवा प्रवाह सुचारु गराउन पनि गृहले निर्देशन दिएको छ।

शनिबार स्वास्थ्यकर्मीले १५ जिल्लाका १६ लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप ९थोपा० दिने कार्यक्रमतालीवानी शैलीमा अवरुद्ध पारेका थिए। दसवर्षे सशस्त्र द्वन्द्वका समयमा समेत विद्रोही पक्षले अवरोध नगरेको खोप कार्यक्रम स्वास्थ्यकर्मीकै कारण अवरुद्ध हुन पुगेको थियो।

दोस्रो जनआन्दोलनपछि शैक्षिक योग्यता नभए पनि स्वतः (लोकतान्त्रिक) बढुवामा परेका सि।अहेव र ६ वटा ट्रेड युनियनसम्बद्ध स्वास्थ्यकर्मीले शनिबार पोलियो थोपा खुवाउन अवरोध पुर्या एका थिए। आन्दोलनकारीले केन्द्रबाट जिल्लामा पुगिसकेको खोप रहेका जनस्वास्थ्य कार्यालयका कोल्ड चेन स्टोरमा ताला लगाउने, खोप सुपरभाइजर, कोल्ड चेन अधिकारी, कार्यालय प्रमुखसमेतलाई खोप चलाए भौतिक आक्रमणको धम्की दिने, कार्यालयमा तालाबन्दी गर्ने र धर्ना दिनेजस्ता गतिविधि गरेका थिए।

स्वास्थ्यमन्त्री गगन थापाले शुक्रबार सूचना जारी गरेर खोपमा अवरोध गरे प्रशासन लगाएरै भए पनि कार्यक्रम चलाउने भन्दै अवरोधकर्तालाई कारबाहीको चेतावनी दिएका थिए। मन्त्री थापाले पोलियो थोपा खुवाउने कार्य रोक्नु संविधान र ऐनको बर्खिलाप हुने तर्क गर्दै सामान्य मानवीय हिसाबले समेत यो क्षम्य नहुने बताएका थिए। उनले सेवाअवरोध भएका ठाउँमा सुरक्षा व्यवस्था गरी सेवा सञ्चालन गराउन सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको समेत बताएका थिए।

बाल स्वास्थ्य महाशाखा खोप शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासन कृष्णबहादुर चन्दले अधिकांश जिल्लामा स्वास्थ्यकर्मीकै अवरोधका कारण बालबालिकाले शनिबार खोप नपाएको बताए। पोलियो पुनरावृत्ति हुनसक्ने उच्च जोखिम भएका काठमाडौं, ललितपुर, कपिलवस्तु र बार्दियाबाहेकका सबै जिल्लामा खोप कार्यक्रम चल्न सकेको थिएन।  तीबाहेक कैलाली, बर्दिया, बाँके, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सुनसरी र भक्तपुरमा न्यून संख्याका केन्द्रमा औपचारिक सुरुवात भए पनि बालबालिकाले खोप पाएनन्।
 

प्रकाशित: २२ फाल्गुन २०७३ १३:२३ आइतबार

पोलियो अवरोध गर्ने स्वास्थ्यकर्मी पक्राउ गर्न गृहको सर्कुलर