राजनीति

मदनआश्रित स्मृति दिवसले वामपन्थीहरूबीच एकताका निम्ति प्रेरणा दिने प्रधानमन्त्रीको विश्वास

३० औँ मदनआश्रित स्मृति दिवस मनाँइदै

आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ। तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो। त्यसकै सम्झना स्वरुप प्रत्येक वर्ष जेठ ३ गतेका दिन मदन–आश्रित स्मृति दिवस मनाइन्छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका छन्। उनले यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन्।  

बुधबार बिहान उनले दासढुंगा दुर्घटनालाई रहस्यमय बताउँदै सामाजिक संजालमा लेखेका छन्, 'आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।'

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो। आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जाँदै गर्दा भण्डारी र आश्रित चढेको जीप दुर्घटनामा परेको थियो। उनीहरुको मृत्युको रहस्य अझै पनि खुल्न सकेको छैन। 

प्रकाशित: ३ जेष्ठ २०८० ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App