राजनीति

सत्ता साझेदार दलसँग प्रधानमन्त्रीले गरे नीति तथा कार्यक्रममाथि छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विषयबारे सत्ता साझेदार दलहरूसँग छलफल गरेका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० दलको बैठक बसेको थियो। उक्त बैठकमा  दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विषयबारे सत्ता साझेदार दलहरूसँग छलफल गरेका हुन्।

बैठकमा सत्ता साझेदार दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए।

सत्तारुढ १० दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, आम जनता पार्टी रहेका छन्।

प्रकाशित: २ जेष्ठ २०८० १०:५७ मंगलबार

सत्ता साझेदार दल