राजनीति

पूर्व सांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

शेर्पाले सोमबार साझ ६ बजे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेका हुन्।

आइतबार जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी पक्राउ भने परेका थिएनन्।

शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ।  

प्रकाशित: १ जेष्ठ २०८० १३:४० सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण आङ्टावा शेर्पा