राजनीति

नयाँ भारतीय राजदूतमा मन्जिव सिंहको नाम प्रस्ताव

नेपालका लागि प्रस्तावित भारतीय राजदूत मञ्जिव सिंह पुरी।

काठमाडौं— नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिव सिंह पुरीको नाम प्रस्ताव भएको छ। भारतीय विदेश मन्त्रालयले उनको नाम नेपालका लागि राजदूतमा प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ।

१९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। सिंहले सेन्ट स्टेफेन्स कलेज दिल्ली टप गरेका थिए।  

सिंह भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गका राजदूत हुन्। रणजीत राय आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने भएपछि उनको स्थानमा नयाँ राजदूतको नाम आएको हो। भारत सरकारले पठाउने उनको नामको एग्रिमो नेपाल सरकारले स्वीकृत गरेपछि सिंह राजदूतको रुपमा काठमाडौं अाउने छन्।

भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्र संघका लागि भारतका उप- प्रतिनिधिको रुपमा समेत काम गरिसकेका छन्। भारतीय सेक्युरिटी काउन्सिलको बरिष्ठ सदस्यको रुपमा समेत २०११ देखि २०१२ सम्म काम गरेका थिए। उनीसँग विभिन्न देशका नियोगमा रहेर काम गरेको अनुभव छ।

१९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। सिंहले सेन्ट स्टेफेन्स कलेज दिल्ली टप गरेका थिए।  

भारतीय राजदूत रणजीत रायले बुधबार आफ्नो ३ वर्ष ६ महिना लामो कार्यकाल पूरा गरेका थिए। राजदूतबिहीन भएपछि डेपुटी चिफ अफ मिसन विनय कुमारले निमित्त राजदूतको कार्यभार सम्हालिरहेका छन्।

भारतले नेपालमा अनुभवी कुटनीतिज्ञहरुलाई राजदूतको रुपमा पठाउने गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०७३ ०७:१५ बुधबार

भारतीय राजदूतमा मन्जिव सिंहको नाम प्रस्ताव