राजनीति

ठूला क्याम्पसमै स्ववियू निर्वाचन हुन सकेन

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मतदान गर्न लामबद्ध विद्यार्थी। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आज मतदान मिति तोकिए पनि सबै क्याम्पसहरुमा निर्वाचन हुन सकेन। विद्यार्थी संगठनहरुबीचको विवादका कारण देशभरका सबै क्याम्पसमा निर्वाचन हुन नसकेको हो।

काठमाडौंको रत्नराज्य लक्ष्मि क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र कलेज, नेपाल कमर्स क्याम्पसमा समेत निर्वाचन हुन सकेन। यस्तै पोखराको पृथ्वी नारायण क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन।

उपत्यकाका  ललितकला क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, जनप्रशासन क्याम्पस, मेडिसिन क्याम्पस महाराजन्ज, नर्सिङ क्याम्पस महाराजगन्ज, आयुर्वेद क्याम्पस कीर्तिपुर र भक्तपुर बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ।

यसैगरी उपत्यका बाहिरका पश्मिाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, फुड एन्ड टेक्नोलोजी क्याम्पस धरान, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, शिक्षा क्याम्पस सुर्खेत, वन विज्ञान क्याम्पस पोखरा, कृषि क्याम्पस सुन्दरबजार लमजुङ, कृषि क्याम्पस भैरवहालगायत १४ आंगिक कलेजमा बुधबारको चुनावका लागि प्रक्रिया पूरा भएको छ।

 

ठूला क्याम्पसमै स्ववियू निर्वाचन हुन सकेन