राजनीति

प्रधानमन्त्रीद्वारा मोर्चाको आधिकारिक धारणा माग : संशोधन प्रस्ताव फेल भए चुनाबमा जाने कि नजाने?

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयमा सत्ता समर्थक मधेसी मोर्चाको आधिकारिक धारणा माग गरेका छन्।

प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया फेल हुने सम्भावना छ यसलाई स्थगन गरेर जाँदा के हुन्छ ? यो फेल भयो भने चुनाबमा जाने कि नजाने आधिकारिक धारणा दिनु पर्‍यो भनेर माग गरेका हुन्।

सत्तारुढ दलसँग बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया फेल हुने सम्भावना छ यसलाई स्थगन गरेर जाँदा के हुन्छ ? यो फेल भयो भने चुनाबमा जाने कि नजाने आधिकारिक धारणा दिनु पर्‍यो भनेर माग गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूले दुई विषयमा मोर्चाको आधिकारिक धारणा माग गर्नुभयो। धारणा सार्वजनिक गर्न आजै मोर्चाको बैठक बस्दैछ’, फोरम गणतान्त्रिकका राजकिशोर यादबले भने।

बैठकमा कांग्रेस, माओवादी तथा मोर्चाका नेताहरु सहभागी थिए।
 

प्रकाशित: १७ फाल्गुन २०७३ ०६:५० मंगलबार

प्रधानमन्त्रीद्वारा मोर्चाको आधिकारिक धारणा माग संशोधन प्रस्ताव फेल भए चुनाबमा जाने कि नजाने