राजनीति

देउवाले डाके पार्टीका शीर्ष नेताहरुको बैठक

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।

देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई छलफलमा बोलाएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। सोही बिषयमा छलफल गर्न देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएको बुझीएको छ।  

प्रकाशित: २७ वैशाख २०८० ११:०८ बुधबार

शेरबहादुर देउवा