राजनीति

सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताए। देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको उनले बताए। उनले वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरुको आवश्यक्ता रहेको बताए।

उनले भने, ‘अहिले परिस्थिति नयाँ बनेको छ। हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्री मण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले शुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ। सरकार राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने गर्दै नगर्ने भनेर लागेका छौँ। सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ। जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ। सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ।’

प्रकाशित: २७ वैशाख २०८० ०८:५२ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल