राजनीति

प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिंदै रविले भने: कुनै हालतमा यो सिलसिला नरोकियोस्

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिंदै यो सिलसिला नरोक्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् लामिछानेले यो सिलसिला कुनै पनि हालतमा नरोक्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्,'धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।'

प्रहरीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरिरहेको छ। सो प्रकरणमा संलग्न १२ जना पक्राउ परिसकेका छन्। सोही क्रममा आज मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि प्रहरीले पक्राउ गरेको छ।  

प्रकाशित: २७ वैशाख २०८० ०७:५६ बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण रवि लामिछाने