राजनीति

लिङ्देनको चेतावनीः नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नदिन चेतावनी दिएका छन्।  

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले यस्तो चेतावनी दिएका हुन्। उनले कुनै पनि बाहानामा कमजोर बनाउन र कसैलाई पनि उन्मुक्ति दिने काम सरकारले गर्न नहुने बताए।  

जघन्य अपराध र दुनियाँका अगाडी देशको शिर झुकाउने खालको क्रियाकलापमा पूर्व गृहमन्त्रीहरु, उपप्रधानमन्त्री भएका मानिसहरुको समेत नाम आउनु लज्जास्पद विषय भएको पनि बताए।  

उनले भने, ‘त्यो केवल आर्थिक भ्रष्टाचार अथवा अंकसँग मात्रै सम्बन्धित विषय होइन । त्यो ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धी । अथवा यो एकप्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनैपनि मानिसहरुलाई छुट दिने कल्पनाको त कुरै नगरौँ । यसलाई कुनैपनि बाहानामा कमजोर बनाउने, यसबाट कसैलाई पनि उन्मुक्ति दिने काम सरकारले गर्नु हुँदैन । पछिल्लो दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि ? अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु कहीँ कतैबाट आउन थालेका छन् । यसप्रकारको गल्ती सरकारको तर्फबाट नहोस् भन्ने हामी आग्रह गर्न चाहन्छौँ।’

प्रकाशित: २७ वैशाख २०८० ०७:४२ बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्