राजनीति

टोपबहादुर रायमाझीको घरमा खानतलासी गर्न पुग्यो प्रहरी

एमाले नेता टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। मंगलबार काठमाडौं परिसरको टोली रायमाझीको घरमा खानतलासी गर्न पुगेको हो।

नक्कली शरणार्थी प्रकरणमा रायमाझीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। तर अहिलेसम्म पनि उनी फरार छन्।

प्रहरीले अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ। जसमध्ये एक जना टोपबहादुर रायमाझीकै छोरा सन्दिप पनि छन्।

प्रकाशित: २६ वैशाख २०८० १०:४२ मंगलबार

टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरण