राजनीति

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभाको मंगलबारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। अर्थमन्त्री डा. प्रकाशरण महत राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घन्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल जारी छ।

प्रकाशित: २६ वैशाख २०८० ०७:१९ मंगलबार

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित