राजनीति

भ्रष्टाचारको विषयमा बोल्न नदिँदा अर्धनग्न भए: सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद् बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोध स्वरुप अर्धनग्न बनेको बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू अर्धनग्न हुनु प्रतिरोधको उच्चतम बिन्दुको रुपमा अर्थ्याए।

उनले भने ‘संसद्को प्रतिरोधको पराकाष्ठा थियो। उच्चतम बिन्दु भन्छ नि। म स्वतन्त्र सांसद मैले भ्रष्टाचारको विषयमा बोल्न खोजेको। भुटानी शरणार्थीको भ्रष्टाचारको अनुसन्धान भइरहेको छ, त्यो अनुसन्धानले ठूला ठूला नेता, सरकारका मान्छेहरू प्रभावित गर्न खोजिरहेको छ। त्यो प्रभावित नहोस्। दोषीलाई कारबाही गरियोस्। निर्दोष नफसाइयोस्।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षिय ठूला नेताहलाई बचाउन खोजिएको र मुद्दालाई प्रभावित पार्न खोजिएको उल्लेख गरे।

प्रकाशित: २५ वैशाख २०८० १३:१६ सोमबार

अमरेशकुमार सिंह