राजनीति

अमरेशकुमार सिंह अर्धनग्न हुनु शोभनीय भएन: नेता सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सांसद सिंह गैर जिम्मेवार भएर प्रस्तुत भएको प्रतिक्रिया दिए।

उनले भने ‘उहाँले आफूलाई नग्न रुपमा प्रस्तुत गर्नुभयो त्यो शोभनीय भएन भन्ने मेरो बुझाइ र टिप्पणी छ। किनभने आफ्ना कुराहरु तर्कसंगत ढंगले त्यहाँ राख्ने, अस्वाभाविक प्रकारका हर्कतहरु गर्न नपाइने भनेर नियमावलीमा व्यवस्था गरेका छौँ। अमरेशकुमार सिंह त नियमावली ड्राफ्ट गर्ने कमिटीमै हुनुहुन्थ्यो। त्यसैले जे हर्कत अगाडी आयो संसदले त सिंगै राष्ट्रलाई जागृत गर्ने, आशावादी भावना पैदा गर्ने, जिम्मेवारी ढंगले प्रस्तुत हुने र सिंगै नागरिकलाई समेत जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने झन् गैर जिम्मेवार भएर प्रस्तुत हुनुभयो। यसले राम्रो गरेन आगामी दिनमा सच्याउनुपर्छ।’

प्रकाशित: २५ वैशाख २०८० १३:०२ सोमबार

माओवादी नेता माधव सापकोटा