राजनीति

भ्रष्टाचारीहलाई कारबाही गर्ने अभियान रोकिँदैनः प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे। उनले भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने उल्लेख गरे। उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने पीतवद्धता जनाए।

उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ। दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ। म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ।’

प्रधानमन्त्री दाहालले आफू दबाबमा नपरीकन काम गर्ने बताए।

प्रकाशित: २३ वैशाख २०८० ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App