राजनीति

प्रधानमन्त्रीले भने- 'समयमै निर्वाचन हुन्छ'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल मन्त्रिपरिषदबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। तत्कालै सामुदायिक रेडियो सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरी आफूले गर्न सक्नेजति पहल मन्त्रिपरिषदबाट तत्कालै गर्ने उनले बताए।

विश्व रेडियो दिवसको अवसरमा राजधानीमा अकोराबले आयोजना गरेको विशेष कार्यक्रममा उनले तत्काल गर्न सकिने र दीर्घकालीनरुपमा गर्नसक्ने काम आफूले रेडियोहरुका लागि गर्ने प्रतिबद्धता जनाए।

सामुदायिक रेडियोहरुको संख्यात्मक वृद्धिले मुलुकको भाषिक र सांस्कृतिक विविधतालाई संरक्षण र सम्बर्द्धनमा महत्वपूर्ण योगदान गरिरहेकाले दीगो विकासका लागि छुट्टै कार्यक्रम ल्याउन उनले सञ्चारमन्त्रीका साथै सरोकारवाला मन्त्रालयलाई निर्देशन दिए।

नयाँ सञ्चार नीतिको कार्यान्वयन र नीतिले व्यवस्था गरेको सामुदायिक रेडियोसम्बन्धी छुट्टै नीति ल्याउनुपर्ने सामुदायिक रेडियोको तयारीलाई सरकारको साथ रहने विश्वास पनि उनले दिलाए।

समयमै निर्वाचन हुन्छ

कार्यक्रममा प्रधानमन्त्री दाहालले आउँदो वर्षको माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न हुने बताए। संविधानको प्रावधानअनुसार अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गरिसक्ने बताउँदै उनले वैशाखको अन्त्यदेखि जेठभित्र स्थानीय तहको चुनाव गर्ने गरी सरकार लागिरहेको बताए।

अहिले पनि केही पक्ष संविधान कार्यान्वयनको विपक्षमा लागेको गुनासो गर्दै उनले प्रधानमन्त्रीको हैसियतमा आफूले अहिले पनि परिवर्तनलाई संस्थागत गर्न वैचारिक संघर्ष गरिरहनु परेको बताए।

देशमा अझै एउटा पक्ष शासन र शक्ति सिंहदरबारमै केन्द्रीत गर्ने सोचमा रहेको भन्दै त्यस्ता पक्षसँग डटेर लड्न उनले सबै पक्षलाई आग्रह गरे।

प्रकाशित: २ फाल्गुन २०७३ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App