राजनीति

गंगा चौधरी नेतृत्वको थरुहट तराई नयाँ शक्तिमा विलय हुँदै

काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) विलय हुने भएको छ। नयाँ शक्तिसँग एकीकरण गर्न सोमबार थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) ले बैठक बोलाएको छ। बैठकले नयाँ शक्ति पार्टीसँग एकता गर्ने निर्णय गर्ने नेत्री चौधरीले बताइन्। 'नयाँ शक्तिसँग एकीकरण गर्न सोमबार बैठक बोलाएका छौं', चौधरीले भनिन्।

नयाँ शक्ति पार्टीका नेता परशुराम खापुङले नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच एकीकरण हुने निश्चित भइसकको जानकारी दिए। 'एकीकरण हुने निश्चित भएको छ, घोषणाचाहिँ सोमबार हुँदैछ', खापुङले भने। थरूहटसँग एकीकरण भएपछि नयाँ शक्तिको पनि संसद्मा प्रतिनिधित्व हुनेछ। संसद्मा थरुहट पार्टीको एक सिट छ।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:४३ सोमबार

गंगा चौधरी नेतृत्वको थरुहट तराई शक्तिमा विलय हुँदै