राजनीति

'एक महिना भित्र फास्टट्रयाकको निर्माण शुरु हुन्छ'

बारा- प्रधानमन्त्री पुष्पकमल दाहालले अबको एक डेढ महिना भित्रमा काठमाडौ–तराई मधेस फास्टट्रयाकको निर्माण कार्य शुरु हुने बताएका छन्।

फास्टट्रयाक योजनाको अनुगमन तथा निरीक्षण गर्न निजगढ आई पुगेका प्रधानमन्त्री दाहालले एक कार्यक्रमलाई सम्बोधन गर्दै गौरवको योजनाहरुको कार्यहरु शुरु गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताए।  

फास्ट्रयाक जस्तै देशका बिभिन्न भागहरुम रहेका गौरका योजनाहरुको निर्माण कार्य शुरु गराउने क्रममा समेत बर्तमान सरकार रहेको उनले बताए। 

निजगढको तामागढीमा रहेको प्रवेशद्वारमा फास्टट्रयाक तथा दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम शुरु गराउनको लागि शुरु गरिएको रिले अनसन पनि सराहनीय भएको प्रधानमन्त्रीले बताए।

यस क्षेत्रका उद्योगी, व्यापारी, नागरिक समाजका अगुवा र राजनीतिक दलका प्रतिनिधिहरुले फास्टट्रयाक र दोश्रो अन्तराष्ट्रिय विमानस्थल शुरु गराउनको लागि विभिन्न चरणमा गर्दै आएको आन्दोलनको कार्यक्रमले बिकासको लागि नागरिक सक्रिय भएको भन्दै प्रधानमन्त्रीले स्थानीयहरुलाई ध्नयवाद समेत दिए।  

दोश्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु गर्नमा केही ढिलाई हुने भएपनि फास्टट्रयाकको निर्माण कार्यमा अव कुनै ढिलाई नहुने भन्ने प्रतिबद्धता दाहालले जनाएका छन। फास्टट्रयाक निर्माणको लागि स्थानीयस्तरबाट दबाब आउनु राम्रो कुरा भएको भन्दै अब रिले अनशन नगर्न समेत प्रधानमन्त्रीले आग्रह गरे।

काठमाडौ–तराई जोडने फास्टट्रयाकको ७६ किलो मिटर ट्रायक सेनाले निजगढ देखि ललितपुरको खोकनासम्म खोलेको चार वर्ष जति समय भए पनि सरकारले त्यसमा थप काम गर्न नसकेको फास्टट्रयाक र एयरपोर्ट मुल निर्माण संघ समितिका संयोजनक रवीराज दंगालले बताए।

फास्टट्रयाक निर्माणको लागि सरकारले एक अर्ब ६४ करोड रुपैयाँ अहिलेसम्म खर्च गरे पनि त्य रकम समेत डु्ब्ने अवस्था आए पछि बिभिन्न चरणमा आन्दोलन गर्नु परेके दंगालले बताए।

चालु आर्थिक बर्षको बजेट भाषणमा फास्टट्रयकको निर्माण कार्य अगाडी बढाउनको लागि सरकारले १० अर्ब बिनियोजित गरे पनि त्यो रकमको समेत कार्य शुरु नगरीएपछि यस क्षेत्रका स्थानीयहरु आन्दोलन गर्न बाध्य भएको आन्दोलनमा सक्रिय रहेको सुरेश खनालले बताए।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २९ माघ २०७३ ११:५८ शनिबार

फास्टट्रयाकको निर्माण शुरु हुन्छ