राजनीति

संविधान संशोधनपछि मात्रै चुनावको मिति घोषणा हुन्छः मन्त्री निधि

नवलपरासी– उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका छन्। निधिले एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए।  

प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरी सीमांकनलगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागिपरेको उनको भनाई थियो ।

मन्त्री निधिले एमालेको  रबैयाको कारण मधेशी  मोर्चा बेखुस भएको बताउँदै मोर्चा र एमालेको सम्वाद शुरु भएको र संबाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको  बताए।

कांग्रेसका नेता समेत रहेका मन्त्री निधिले स्थानीय तह वा निकायको जुनसुकै चुनाव भए पनि कांग्रेसलाई आपत्ति नभएको जिकिर गरे । मुलुकलाई खिण्डन गर्न खोज्ने जो सुकैलाई संविधानले दिएको परिधिभित्र रहेर कारबाही गरिने निधिको भनाई थियो ।

शुक्रबार नै मन्त्री निधिले उद्योग बाणिज्य संघ नवलपरासीको ३५ अाैं साधारण सभाको उद्घाटन गर्नुका साथै कार्यालय प्रमुखहरुलाई पनि निर्देशन दिएका थिए ।

 


 

प्रकाशित: २८ माघ २०७३ १०:५४ शुक्रबार

संविधान संशोधनपछि मात्रै चुनावको घोषणा हुन्छः मन्त्री निधि