राजनीति

वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ: अध्यक्ष ओली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत औंल्याएका हुन्।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए।

ओलीले भने, ‘पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन। अब यदि १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अब यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अव डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरी मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ। यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २÷४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलव? तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलव। तर तपाई हामीले मतलव राख्नु परेको छ। हामीले बुझ्नु परेको छ कि देश बर्बादीतिर जाँदैछ। खनिजजन्य, खानीजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएका छन। अरु औद्योगिक क्षेत्र बर्बाद भएको छ। उद्योगहरु बन्द प्रायःको स्थितिमा छ। समाप्त भईराखेको छ। यस्तै निर्माण व्यवसाय ध्वस्त भएको छ। नेकपा एमालेको समयमा दिनमा डबल लेन, फोर लेन, ६ लेनका बाटा बनेपछि ६ किलोमिटरका दरले बाटा तयार हुन्छ भनेपछि निर्माण कार्य धमाधम हुनुपर्छ। पुनर्निर्माणको त्यत्रो कार्य ग¥यौं हामीले। निर्यात घटेको छ। आयात त पैसा भएको पो मगाउने? त्यस स्थितिमा गईसकेको छ। आयात कम भएको देखिए पनि भईराखेको छ भन्सार छलेर। जसले गर्दा भन्सार उठेको छैन। भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ। राजस्व कम यो लामो समयपछि भइरहेको छ। तीव्र गतिका साथ अर्थतन्त्र माईनसमा गईरहेको छ। त्यसकारण अर्थतन्त्र संकटमा छ। देश संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ। देश टाट पल्टिदैछ। तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा। एउटा व्यक्तिले चालिस अर्व थप कमायो। सम्पत्ति बढायो चालिस अर्ब। देशमा अहिले स्थानीय तहमा सम्पुरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो। अब उनीहरुले काम लगाई सक्या छ। ठेक्का लगाईसक्या छ। उपभोक्तालाई काम दिईसक्या छ।’

प्रकाशित: १९ वैशाख २०८० ०९:०६ मंगलबार

केपी शर्मा ओली