राजनीति

राष्ट्रपति पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्।

राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी दिएको हो।

केहि दिन अघि मात्रै पौडेल भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ नेपाल फर्किएका हुन्।  

प्रकाशित: १९ वैशाख २०८० ०७:०८ मंगलबार

राष्ट्रपति रामचन्द्र पौडेल