राजनीति

गच्छदारद्वारा एउटा प्रदेश थप गर्न माग

उदयपुर— मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अहिले विद्यमान ७ प्रदेशमा एउटा थपेर ८ प्रदेश बनाउनुपर्ने बताएका छन्।

पार्टी कामको सिलसिलामा गाईघाट आएका उनले विद्यमान प्रस्तावित संशोधन प्रस्ताव परिमार्जनसहित पास गरेर मात्र चुनाव गराउनुपर्ने बताए।

७ प्रदेशले मात्र देशको समस्या समाधान नहुने देखेरै आफुले ८ प्रदेश बनाउनुपर्छ भनेर बारम्बार भन्दै आएको बताउँदै उनले कैलाली र कन्चनपुरलाई प्रदेश नम्बर ५ मा मिलाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताए।

गाईघाटमा आयोजित ‘बृहत कार्यकर्ता भेला तथा पार्टी सुदृढिकरण कार्यक्रम’ मा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गच्छदारले ८ प्रदेश नबनाएसम्म किचलो साम्य नहुने भन्दै झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरलाई अगल प्रदेश बनाउनुपर्ने प्रस्ताव गरे। ८ औं प्रदेश बनाउँदा उदयपुरलाई तराई प्रदेशमा मिसाउनुपर्ने गच्छदारको प्रस्ताव  थियो। ८ प्रदेश बनाएपछि सबै असन्तुष्टिहरु सम्बोधन हुने भन्दै उनले आप्mनो पार्टीले त्यस्तो संशोधन प्रस्ताव ल्याइए साथ दिने प्रष्ट्याए।

७ प्रदेशले मात्र देशको समस्या समाधान नहुने देखेरै आफुले ८ प्रदेश बनाउनुपर्छ भनेर बारम्बार भन्दै आएको बताउँदै उनले कैलाली र कन्चनपुरलाई प्रदेश नम्बर ५ मा मिलाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताए।

मुलुकमा नयाँ संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्ने वा पूरानै स्थानीय निकायको निर्वाचन गर्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गच्छदारले पुरानो वा नयाँ जुनसुकै संरचनाबाट भए पनि चुनाव गराउनुपर्ने बताए । उनले पुनारो वा नयाँ जुनसुकै तरिकाले भए पनि चुनाव गराउनुपर्ने धारणा पार्टीको रहेको भनदै उनले चुनावका लागि कार्यकर्तालाई तयार रहन निर्देशन पनि दिए ।

सबै जातजाति र समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि पनि थ्रेसहोल्ड राख्नुपर्ने भन्दै उनले आप्mनो पार्टीले १ देखि २ प्रतिशतसम्म थ्रेसहोल्ड राख्न सुझाव दिएको बताए। उनले भने, ‘थ्रेसहोल्ड चाहिँ राख्नैपर्र्छ यसो गरिएन भने राजनीतिक अराजक्ता बढ्छ’ उनको भनाई थियो ।

३ ठूला पार्टीको अराजकताका कारण देश अधोगतितर्फ गइरहेको उनको भनाइ थियो।

प्रकाशित: २४ माघ २०७३ ०९:३५ सोमबार

गच्छदारद्वारा प्रदेश गर्न माग