राजनीति

राष्ट्रपति पौडेल डिस्चार्ज, आजै राति स्वदेश फर्कने

भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। 

उनी आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै बताएको छ।

उपचारमा संलग्न चिकित्सकहरूले राष्ट्रपति पौडेललाई अझ केही हप्ता आराम गर्ने सुझाव दिएको जारी विज्ञप्तिमा उल्लेख छ। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइराखेका पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको हो।

प्रकाशित: १७ वैशाख २०८० ०९:०१ आइतबार

रामचन्द्र पौडेल