राजनीति

संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनीत

फाईल तस्बिर

प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनीत गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए। बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो।

प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहने सदस्यका नाम मनोनीत गरिएको छ।बैठकमा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिएको थियो।

प्रकाशित: १५ वैशाख २०८० १२:३५ शुक्रबार

विषयगत समिति प्रतिनिधिसभा सांसद प्रतिनिधिसभा नियमावली