राजनीति

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ। 

शुक्रवार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन।अध्यक्ष तिमिल्सिनाले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिएका छन्।

त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ।अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गरेको सो नामावलीलाई बैठकले सहमती दिएको हो। 

प्रकाशित: १५ वैशाख २०८० १२:१७ शुक्रबार

राष्ट्रियसभा विधायन व्यवस्थापन समिति सभापति चयन वैशाख २५ हुने गणेशप्रसाद तिमिल्सिना राजेन्द्र फुयाँल