राजनीति

मुख्यमन्त्री चौधरीले बनाए ४ सदस्यीय मन्त्रिपरिषद्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले चार सदस्यीय मन्त्रिपरिषद निर्माण गरेका छन्।  

मुख्यमन्त्रीका रुपमा शुक्रबार सपथ लिएका उनले थप तीन मन्त्री नियुक्त गरेका छन् । नियुक्त तीन मन्त्रीको सपथ संगै लुम्बिनी प्रदेश मन्त्री परिषद पहिलो चरणमा चार सदसयीय बनेको छ। 

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीबाट सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ती पार्टीबाट धर्मराज चौधरीलाई मन्त्री बनाएका छन्। उनीहरु तीनै जनालाई मन्त्रालयको जिम्मेवारी भने दिईएको छैन। मन्त्रालय भागवण्डा मिलेपछि मात्रै उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिने निर्णयमा मुख्यमन्त्री पुगेका छन्।

प्रकाशित: १५ वैशाख २०८० ०७:४१ शुक्रबार

४ सदस्यीय मन्त्रीपरिषद्