राजनीति

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सपथ लिएका छन्।

बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।  

चौधरी बिहिबार मुख्यमन्त्री नियुक्त भएका थिए। आजै थप तीन मन्त्रीलाई पनि सपथ खुवाउने तयारी मुख्यमन्त्री चौधरीले गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८० ०६:५४ शुक्रबार

डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेश