राजनीति

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ

वीरगन्ज– नेपाली काँग्रे पर्साको जिल्ला अधिवेश पार्टीको महाधिवेशन सकिएको ११ महिना बितिसक्दा पनि हुन सकेको छैन। स्थानीय नेताहरुले जिल्ला अघिवेशनलाई ‘वर्चश्व कायम गर्ने’ अवसरको रुपमा लिएपछि ३ पटक मिति तोकेर पनि पार्टीको जिल्ला अधिवेशन हुन नसकेको हो।

पछिल्लो पटक तोकिएको निर्वाचन तालिका अनुसार कुनै पनि हालतमा माघ २५ गते उम्मेदवारी मनोनयन र २७ गते अधिवेश  गराई छाड्ने निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइराला बताए।  

गत पुस २८ मा हुने भनिए पनि जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले लिखित रुपमा माग गरेर आचानक स्थगित गराइदिएका थिए। संसदीय निर्वाचनहरुमा लागातार सबै निर्वाचन क्षेत्रहरुमा पार्टीको जित दोहोरिएपछि कुनै बेला ‘काँग्रेको गढ’ भनिएको पर्सामा गत संविधानसभाको निर्वाचनमा काँग्रेसले आन्तरिक द्वन्द र अन्तरघातले गर्दा पाँचमध्ये ३ सिटमा हार बेहोर्नु परेको विश्लेषण गरिन्छ। सो निर्वाचनताका सुरु भएको पार्टीका स्थानीय नेताहरुबीचको ध्रुवीकरण जिल्ला अधिवेशनमा आएर साम्य हुनुको सट्टा नयाँ चिराहरु थपिएको क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि अशोक तिवारीको विश्लेषण छ।

यसबाट आम काँग्रेसजनमा निराशा उत्पन्न भएको उनले बताए।

‘यहाँको परिस्थिती अनुकुल नभएर पटक पटक निर्वाचन स्थगीत गर्नु परेको हो,’ कोइरालाले भने, ‘यसपाली स्थगित हुँदैन्, अधिवेशन भएरै छाड्छ, नेतृत्व तह, सिँगै पार्टी र जिम्मेवारीको हिसाबले मेरो प्रतिष्ठाको विषय बन्न गएको छ, पर्सा काँग्रेसको जिल्ला अधिवेशन।’ जिल्ला सभापति, सचिव, कोषाध्यक्ष र २५ जना जिल्ला समिति सदस्य अधिवेशनले चयन गर्ने अधिवक्ता कोइरालाले बताए।

अघिल्लो जिल्ला अधिवेसनमा संस्थापन र देउवा पक्ष गरी दुई खेमाको प्रतिस्पर्धामा संस्थापनका पूर्वमन्त्री चौधरीले आफ्नो बलबुतामा पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर आमात्यको सहयोगमा सभापति जितेर आफ्नो हस्ती साबित गरेका थिए। गत संबिधानसभाको निर्वाचनमा भने चौधरी र अमात्य मात्र जित्न सफल भए। यसपाली क्षेत्रका अधिवेशनपछि भने पर्सा काँग्रेसमा अप्रत्यसित परिवर्तन देखियो। पचास माहाधिवेशन प्रतिनिधिमा देउवा पक्षले ४५ लिदिएपछि संस्थापनले पर्सामा पकड गुमाएको मात्र भनिएन देउवा पक्षको उम्मेदवार जो भए पनि स्वतः सभापति पद जित्ने र आफ्नो जिल्ला समिति बनाउने अनुमान गरिएको थियो।

निर्वाचनको मिति घोषणासँगै भने साबिक देउवा पक्षबाट नै सभापतिका तीन उम्मेदवार भएपछि पार्टीको जिल्ला अधिवेसन बर्चश्वको लडाइँमा परिणत भएको छ। जिल्ला सभापतिको लागि अहिले मुख्य रुपमा चार जना दावेदार देखिएका छन्। पूर्व जिल्ला सभासद् तथा पूर्व सभासद् अजयकुमार द्विवेदी, पर्सा जिल्ला विकास समितिका पूर्व सभापति जनार्दन सिंह क्षेत्री, पाँच नम्बर क्षेत्रका पूर्व क्षेत्रीय सभापति वशिष्ठनारायण कुर्मी र संस्थापनबाट अहिलेका जिल्ल सचिव रहेका अशोक जैसवाल रहेका छन् ।

प्रभावशाली वक्ताका रुपमा चिनिने द्विवेदी पार्टीमा आन्तरिक एकीकरण गरी आगामी दिनका लागि आफूले बलियो संगठन निर्माण गर्न चाहेको बताएका छन्। उनलाई केन्द्रीय सदस्य अजय चौरसियाको साथ मात्र छैन्, जिल्ला सचिवको दावेदारी गर्दै ३ नम्बरको क्षेत्रीय सभापति पद छोडेका प्रभावशाली युवा नेता श्याम पटेललगायतले द्विवेदीलाई अध्यक्ष बनाउन टिम तयार गर्न पदको दावेदारी त्यागेका छन्। अघिल्लो अधिवेसनमा द्विवेदीलाई देउवा पक्षबाट सभापतिको उम्मेदवार बनाउँदा ‘यसपछि तपाईको पालो’ भनेर अश्वासन पाएका नेता जनार्दन सिंह क्षेत्रीले साथीहरुले बचनबद्धता छोडेको बताएका छन्। जिल्लाको प्रत्येक गाउँ टोलमा पँहूच भएका क्षेत्रीलाई दमदार नेतृत्व क्षमता भएको मानिन्छ । उनी जिल्ला सभापति हुँदा पर्सामा विकासको कामसंगै पार्टीलाई बलियो बनाउन भुमिका गरेको बताइन्छ । अरु दलहरुलाई राम्ररी टक्कर दिन उनको नेतृत्व जरुरी रहको क्षेत्र नम्बर ४ का क्षेत्रीय प्रतिनिधि साबिर अहमदको भनाइ छ ।

जिल्लामा नयाँ नेतृत्वपंक्ती स्थापित गर्नुपर्ने बताउनेहरु ग्रामीण क्षेत्रबाट सालिन नेता कुर्मीलाई जिल्ला सभापति बनाउन चाहेका छन्। कुर्मीलाई काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश रिजालको छत्रछाया प्राप्त छ। रिजाललाई पर्सा काँग्रेसमा सबभन्दा अनुभवी राजनीतिक खेलाडी मानिन्छ ।

त्यस्तै संस्थापनबाट अहिले सचिव रहेका जयसवाल टिमलाई जीवित राख्न उम्मेदवारी दिने सुरुमा भनिए पनि अर्को खेमामा तीन चिरा परेपछि उनको पक्षमा बाजी पल्टिन सक्ने अनुमान गर्नेहरु पनि छन्। यीनै पृष्ठभूमिमा पार्टीलाई एक ढिक्का बनेको हेर्न चाहेको पुराना काँग्रेसीहरुको भनाइ छ ।

प्रकाशित: २० माघ २०७३ ११:३० बिहीबार

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ