राजनीति

'सम्पूर्ण देश मिलाउने जिम्मा कांग्रेसको काँधमा'

कार्य्रमलाई सम्बोधन गर्दै सभापति देउवा। तस्विरः रासस

काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराए मात्र प्रजातन्त्र बलियो हुने बताएका छन्। 


प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन्। 'सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ', उनले भने।

प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन्। 'सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ', उनले भने। 

पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलको भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न एमालेले समेत सहयोग गर्नुपर्ने उल्लेख गरे। उनले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। 

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको उनको भनाइ थियो। नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको उनले बताए। 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ सरकार लागिपरेको जानकारी दिए। 'संविधान कार्यान्वयनका लागि संविधान निर्माण गरेका शक्तिहरु एक हुनुपर्छ', उनले भने। 

मन्त्री केसीले भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १३१ पटक संशोधन भइसकेको उदाहरण दिँदै नेपालको संविधान संशोधन गर्नु हुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे। 

पुस्तकका टिप्पणीकार एवम् काँग्रेसका नेता शोभाकर पराजुलीले नेपाली काँग्रेसले पछ्याएको बाटोलाई पुस्तकले समेटेको बताउँदै उक्त पुस्तक नेपाली काँग्रेस पार्टीकै दस्तावेज बन्नसक्ने विश्वास व्यक्त गरे। 

टिप्पणीकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले पुरानो पुस्तादेखि नयाँ पुस्ताका लेखकको विचार समेटेकाले पठनीय रहेको बताए। 

समाजका अध्यक्ष डा.केदारनरसिंह केसीले काँग्रेसले पटकपटक गरेका आन्दोलन स्थायी हुन नसक्नु काँग्रेसको कमजोरी भएको उल्लेख गरे। 

समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको स्मृतिमा विशेषाङ्क निकालिसकेको छ। समाजका महासचिव गोकर्ण अर्यालका अनुसार समाजले ४० भन्दा बढी जिल्लामा सङ्गठन विस्तार गरिसकेको छ ।

प्रकाशित: २० माघ २०७३ ०९:१८ बिहीबार

सम्पूर्ण देश मिलाउने जिम्मा कांग्रेसको काँधमा