राजनीति

कांग्रेस नेता तिवारीको निधन

काठमाडौं- नेपाली कांग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ। प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवार निकट कांग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिए।

काठमाडौं क्षेत्र नं ४ का महासमिति सदस्य रहेका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत थिए। उनी नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि थिए।  

स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए। स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ। तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी छन्। रासस 

प्रकाशित: २० माघ २०७३ ०६:०० बिहीबार

कांग्रेस नेता तिवारीको निधन