राजनीति

उपप्रधानमन्त्री निधि र वेलायती राजदूतबीच भेट

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि वेलायती राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन्। उपप्रधानमन्त्री निधि भेट्न उनी मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको मन्त्री निधिको सचिवालयले जनाएको छ।

नेपाल र वेलायतबीच प्राचीन कालदेखि आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री निधिले वेलायत लामो समयदेखि नेपाल विकासको साझेदार रहेको बताएका थिए।

सो अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गरे।

प्रकाशित: १८ माघ २०७३ ११:३० मंगलबार

उपप्रधानमन्त्री निधि वेलायती राजदूतबीच