राजनीति

मिटरव्याजी पीडितमाथि प्रहरीले बल प्रयोग गरेकोमा गृहमन्त्रीले मागे माफी

फाइल तस्बिर

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोप्रति माफी मागेका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले केही दिन अघि मिटरव्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी मागेका हुन्। 

उनले भने, ‘जति कमजोरी भयो गृह मन्त्रालयको नेतृत्व सम्हालेको व्यक्तिको नाताले म पीडितहरु माथि जुनसुकै प्रसंगले भएपनि, जुनसुकै परिप्रेक्षमा भएपनि, जुनसुकै प्रसंगले त्यहाँ पु¥याएको भएपनि पीडितहरुमाथि प्रहरीको लाठि लाग्यो। नियन्त्रणमा लिइसकेपछि पनि केहीमाथि बल प्रयोग भयो। त्यसको निम्ति म क्षमा याचना गर्न चाहान्छु। म अपील गर्न चाहन्छु, सरकार यो समस्या समाधान गर्न दृढ छ भन्नेकुरा स्पष्ट हुँदाहुँदै यसलाई फेरि विभिन्न ढंगले भ्रम पैदा हुनेगरी लम्ब्याउनु उचित हुँदैन। बरु सिंगो देश एक ढिक्को भएर यसलाई छिटोभन्दा छिटो समाधान गरौँ भनेर अपील गर्न चाहन्छु।’

उनले मिटरव्याजी पीडितहरुलाई न्याय दिने र पीडकलाई कानूनी कठघरामा ल्याउनेगरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडी बढाएको बताए।  

प्रकाशित: १३ वैशाख २०८० ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App