राजनीति

यो देश भोट हालेर बनेको होइन : ओली [भिडियो]

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनतामा असाधारण देशभक्ति रहेको बताएका छन्। राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण कार्यक्रम बोल्दै उनले नाकाबन्दीका बेला पनि देशभक्ति नेपालीले मलाई खुट्टा नकमाउन आग्रह गरेका थिए।

'नेपाली जनताले ग्यास, इन्धन नपभएको बेला, भात चिया खान नपाएको बेला प्रधानमन्त्री भएको थिएँ। त्यही बेला जनतलाई उचाल्ने काम भयो। ग्यास तेल दिन नसक्ने सरकार के काम भन्दै जनतालाई उचाले। यस्तो सरकारलाई ढुंगाले लखेट्नुपर्छ भने तर जनताले भने खुट्टा नकमाउ प्रधानमन्त्री भनेर हौसला दिए,' उनले भने। 

पूर्वप्रधानमन्त्री ओलीले सर्वभौमसत्ता कुनै दल विशेषको कुरा नभएको बताए। 'सर्वभौमसत्ता कुनै दल विशेषको कुरा होइन। यो कुनै विजनेशको कुरा पनि होइन लाभ लिनलाई। त्यसैले नेपाललाई अब कसैले तलमाथि गर्छु भनेर नसोचे हुन्छ,' उनले भने। 

भिडियो : प्रबीन कोइराला

प्रकाशित: १७ माघ २०७३ १५:२५ सोमबार

देश भोट हालेर बनेको होइन ओली [भिडियो]