राजनीति

प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने: जेठ पहिलो साता भित्रै निर्वाचन हुन्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन भनेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराएका हुन्।

प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचन बारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भने –“निर्वाचन कानुन, मिति घोषणा हुँदा र नहुँदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका कामकारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो।”

सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागेका बारेमा पनि जानकारी गराए। रासस

 

प्रकाशित: १६ माघ २०७३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App