राजनीति

रवि भारी मतले विजयी, अघिल्लो निर्वाचन भन्दा झण्डै ५ हजार बढी मत

अघिल्लो पटकको निर्वाचनभन्दा झण्डै ५ हजार बढी मत ल्याए

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने भारी मतले विजयी भएका छन्।  

रवि लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतले पराजित गरे। श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन्। 

तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मात्र १० हजार ९ सय ३६ प्राप्त गरे। चितवनमा जम्मा ७८ हजार ६३४ मत खसेकाे थियाे भने ७८ हजार ४६६ मत सदर भएकाे थियाे। रविले अघिल्लो पटकको निर्वाचनभन्दा झण्डै ५ हजार मत बढि ल्याएका छन्। उनले त्यतिबेला ४९ हजार ३०० मत ल्याएका थिए।  

प्रकाशित: १२ वैशाख २०८० ०६:४९ मंगलबार

रवि भारी मतले विजयी चितवन उपनिर्वाचनः