नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। संसद भवनमा सोमवारदेखि शुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्।
अर्थमन्त्री डा. प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरुसँग राय माग्नुभएको थियो। सोही अनुसार आज पनि सांसदहरुले आफ्ना राय दिनेछन्। सांसदहरुले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन्।
प्रकाशित: १२ वैशाख २०८० ०६:१४ मंगलबार